राजनीति
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
बुधबार असोज ७, २०८३/ Wednesday 09-23-26
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच बुधबार भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा बिहान भएको भेटमा मुलुकको समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल भएको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेपछि अर्थमन्त्री वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएपछि वाग्लेले राष्ट्रपतिसँग पहिलोपटक भेटवार्ता गरेका हुन्।
तपाईको प्रतिक्रिया