बुधबार ७ असोज २०८३
समाज

इजरायल पठाइदिने भन्दै कांग्रेस नेता चौलागाईंलाई डेढ करोड दिएको बालिकाको बयान

बुधबार असोज ७, २०८३/ Wednesday 09-23-26

काठमाडौं । नेपाली कांग्रेस रामेछापका नेता भरत चौलागाईंमाथि इजरायलमा रोजगारी दिलाइदिने भन्दै रकम ठगी गरेको आरोपमा अनुसन्धान अघि बढेको छ।

प्रहरीसमक्ष दिएको बयानमा दोलखाकी बालिका सिवाकोटीले चौलागाईंलाई इजरायल पठाइदिने आश्वासनमा आफूले १ करोड ५० लाख रुपैयाँ दिएको दाबी गरेकी छन्।

प्रहरीका अनुसार चौलागाईं र सिवाकोटीसहितका व्यक्तिहरूमाथि इजरायलमा केयरगिभरका रूपमा पठाइदिने भन्दै रकम असुलेको आरोपमा अनुसन्धान भइरहेको छ। उनीहरूले नेपाल सरकार र इजरायल सरकारबीचको ‘जीटुजी’ प्रक्रियाअन्तर्गत लक्की ड्रमा छनोट हुन नसकेका व्यक्तिहरूलाई लक्षित गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

सीआईबीका अनुसार पीडितहरूबाट प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँसम्म रकम लिएको र हालसम्म १५६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ असुल गरिएको उजुरी परेको छ।

चौलागाईंलाई उच्च पदस्थ व्यक्तिहरूको नाम तथा पद प्रयोग गरी रकम असुल गरेको आरोपमा रामेछापको मन्थलीबाट पक्राउ गरिएको थियो। सीआईबीले उनीसँग सम्बन्धित केही प्रमाण तथा रकम असुलीका लागि भएको भनिएको अडियोसमेत फेला पारेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया