बिहीबार ८ असोज २०८३
अर्थ

नेप्से ३६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

बुधबार असोज ७, २०८३/ Wednesday 09-23-26

काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट आएको छ। नेप्से ३६.२५ अंक अर्थात् १.३६ प्रतिशतले घटेर २६१८.०३ विन्दुमा झरेर बन्द भएको हो।

यसअघि मंगलबार नेप्से ७.०६ अंकले बढ्दै २६५४.२८ विन्दुमा पुगेको थियो।

बुधबार बजारमा ३५२ कम्पनीका २ करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर कारोबार भएका छन्। दिनभर ५७ हजार ९४७ पटकको कारोबारबाट कुल ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ। यो रकम अघिल्लो दिनको तुलनामा कम हो। मंगलबार ७ अर्ब ५ करोड ३९ लाख ९८ हजार ६२४ रुपैयाँको कारोबार भएको थियो।

बुधबार कारोबार भएका कम्पनीमध्ये २३ वटाको सेयर मूल्य बढ्दा २५३ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

मूल्य बढ्ने कम्पनीमा धौलागिरि लघुवित्त वित्तीय संस्था, सीवाईसी लघुवित्त वित्तीय संस्था र निफ्रा ग्रीन इनर्जी डिबेञ्चर रहेका छन्। यता, फर्स्ट माइक्रोफाइनान्स, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र कालिका लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा बढी मूल्य गिरावट बेहोरेका छन्।

नेप्सेका अनुसार बुधबार कारोबार भएका सबै उपसमूहको सूचक घटेको छ।

तपाईको प्रतिक्रिया