काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ स्थित काल्चे–माल्टा क्षेत्रमा पहिरो खस्दा कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार काल्चे–माल्टा दोबाटोमा पहिरो खसेपछि सडकको दुवैतर्फ सवारी आवागमन रोकिएको हो। पहिरोका कारण उक्त सडकखण्डमा कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।
पहिरो खसेको स्थान भट्टेडाँडाबाट करिब पाँच किलोमिटर मकवानपुरतर्फ रहेको प्रहरीले जनाएको छ। सडकमा खसेको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
तपाईको प्रतिक्रिया