शुक्रबार ९ असोज २०८३
राजनीति

प्रधानमन्त्री शाहले शुक्रबार राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने

बिहीबार असोज ८, २०८३/ Thursday 09-24-26

न्युयोर्क । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई शुक्रबार सम्बोधन गर्ने भएका छन्।

नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेदेखि ६ बजेको बीचमा प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महासभामा अन्य वक्ताहरूको सम्बोधनको क्रमअनुसार निर्धारित समय केही अगाडि वा पछाडि हुन सक्ने जनाइएको छ।

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभामा नेपालका समसामयिक प्राथमिकता र चासोका विषय प्रस्तुत गर्नेछन्। विशेषगरी जलवायु परिवर्तन र जलवायु न्यायको विषयलाई नेपालको प्राथमिकताका रूपमा उठाउने तयारी रहेको छ।

प्रधानमन्त्रीको सम्बोधन संयुक्त राष्ट्रसंघको आधिकारिक वेब टीभीमार्फत प्रत्यक्ष हेर्न सकिनेछ।

८१औँ महासभामा विश्वका विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखले आफ्ना देशका प्राथमिकता, अन्तर्राष्ट्रिय समस्या तथा विश्वव्यापी चुनौतीबारे धारणा राखिरहेका छन्।

 

तपाईको प्रतिक्रिया