संयुक्त राष्ट्रसङ्घको महासभा सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्।
१४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएका प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र पर्यटनमन्त्री गनेश पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
प्रधानमन्त्री शाह असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुका साथै महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका थिए।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाह नेपाली स्थायी नियोगद्वारा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक कार्यक्रममा समेत सहभागी भएका थिए।
न्युयोर्कबाट दोहा हुँदै प्रधानमन्त्री शाह शनिबार अपराह्न काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
तपाईको प्रतिक्रिया