आइतबार ११ असोज २०८३
राजनीति

सशस्त्रका एसपीलाई फोनमा थर्काएको आरोप लागेका भन्सार अधिकृतको जिम्मेवारी खोसियो

शनिबार असोज १०, २०८३/ Saturday 09-26-26

काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ।

भन्सार विभागले भट्टलाई तत्कालका लागि विभागमा हाजिर हुन पत्राचार गरेको हो। सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीसँग केही समयअघि भएको विवादबारे आवश्यक बुझ्न उनलाई विभागमा बोलाइएको जनाइएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निजी सचिवालयका अनुसार विवादबारे आवश्यक जानकारी लिन भट्टलाई विभागमा उपस्थित हुन भनिएको हो।

भन्सार अधिकृत भट्टले एसपी केसीलाई फोनमार्फत धम्कीपूर्ण शैलीमा कुराकानी गरेको विषय सार्वजनिक भएपछि विभागले उनलाई जिम्मेवारीबाट हटाएर छानबिनका लागि केन्द्रमा बोलाएको हो।

 

तपाईको प्रतिक्रिया