काठमाडौं । नेपाली शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले थाइल्यान्डको बैंककमा जारी ५८औँ एशियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार सिंहले पुरुष ७५ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण हात पारेका हुन्।
यो सगेन्द्रको यस वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो। यसअघि उनले भुटानमा सम्पन्न १६औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा पुरुष ८० केजी तौल समूहमा स्वर्ण जितेका थिए।
भुटानमा भएको उक्त प्रतियोगितामा नेपालले तीन स्वर्ण, तीन रजत र एक कांस्यसहित कुल सात पदक जितेको थियो।
बैंककमा जारी एशियाली प्रतियोगितामा सगेन्द्रको स्वर्णसँगै नेपाली खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा थप सफलता हासिल गरेका छन्।
तपाईको प्रतिक्रिया