चितवन । नारायणी नदीमा बाढीका कारण अड्किएको ‘राइनो क्रुज’ निकाल्ने काम सुरु गरिएको छ। नदीको बहाव घटेपछि क्रुजलाई सुरक्षित स्थानमा ल्याउने प्रयास थालिएको हो।
नदीको बहाव र पानीको सतह केही घटेपछि प्राविधिक तथा सम्बन्धित टोलीले क्रुज निकाल्ने काम अघि बढाएका हुन्। बाढीका कारण क्रुज नदीमै अड्किएपछि त्यसलाई निकाल्न आवश्यक तयारी गरिएको थियो।
क्रुज निकाल्ने क्रममा नदीको बहाव, पानीको सतह तथा सुरक्षा अवस्थालाई ध्यानमा राखिएको जनाइएको छ।
तपाईको प्रतिक्रिया