बिहीबार १५ असोज २०८३
समाज

तस्बिरमा बाढीले उजाड बागलुङ झिवाखोलाको पुरानो बजार

बुधबार असोज १४, २०८३/ Wednesday 09-30-26

बागलुङ । निसीखोला गाउँपालिका–४ झिवाखोलाको पुरानो बजार बाढीका कारण उजाड बनेको छ। आइतबार आएको बाढीले बजार क्षेत्रका करिब ३० वटा घर बगाएको छ भने केही घरमा समेत क्षति पुगेको छ।

बाढी घरभित्र पसेपछि स्थानीयवासी आश्रयविहीन बनेका छन्। बाढीका कारण एउटा बोर्डिङ स्कुलमा समेत क्षति पुगेको छ भने झोलुङ्गे पुलसमेत बगेको छ।

बाढीपछि झिवाखोलाको पुरानो बजार क्षेत्रमा ठूलो भौतिक क्षति भएको छ।

 

तपाईको प्रतिक्रिया