राजनीति
काठमाडौं–३ का प्रतिनिधि बदर गर्न माग गर्दै कांग्रेसको निर्वाचन समितिमा उजुरी
बिहीबार असोज १५, २०८३/ Thursday 10-01-26
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं–३ मा प्रतिनिधि छनोट प्रक्रिया सर्वसम्मतिबाट टुंग्याइएको विषयमा निर्वाचन समितिमा उजुरी परेको छ।
प्रतिनिधि छनोट निर्वाचन प्रक्रियामार्फत गर्नुपर्ने माग गर्दै बिहीबार निर्वाचन समितिमा उजुरी दर्ता गरिएको हो। उजुरीमा निर्वाचन अधिकृतलाई प्रभावमा पारेर सहमतिको नाममा निर्वाचन प्रक्रिया अघि नबढाइएको आरोप लगाइएको छ।
पार्टी प्यालेसमा मध्यरातमा प्रतिनिधि छनोटलाई सर्वसम्मत भएको घोषणा गरिएको दाबी गर्दै उक्त प्रक्रिया बदर गरी पुनः निर्वाचन गराउन माग गरिएको उजुरीमा उल्लेख छ।
तपाईको प्रतिक्रिया