शुक्रबार १६ असोज २०८३
समाज

दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न अनुमति

बिहीबार असोज १५, २०८३/ Thursday 10-01-26

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। बिहीबार काठमाडौँ जिल्ला अदालतले साइबर ब्युरोलाई प्रसाईंमाथिको अनुसन्धान जारी राख्न थप एक दिनको म्याद दिएको हो।

प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतले उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

प्रसाईंलाई गत असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रहरीले उनीविरुद्ध विद्युतीय अपराध ऐनअन्तर्गत अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार प्रसाईंले युट्युबमार्फत सांसद खतिवडामाथि आपत्तिजनक टिप्पणी गर्दै उनका छोराको शवसँग सांसद पद साटेको आरोप लगाएका थिए।

तपाईको प्रतिक्रिया