शुक्रबार १६ असोज २०८३
राजनीति

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

बिहीबार असोज १५, २०८३/ Thursday 10-01-26

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएका छन्।

राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त कार्कीले नेपालको संविधानको धारा २९४ अनुसार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया