आइतबार १८ असोज २०८३
बिजनेस

म्याक्स टाइगरको दशैं धमाका : ३६ जनालाई यामाहा, एक जनालाई प्रोटोन कार

शनिबार असोज १७, २०८३/ Saturday 10-03-26

काठमाडौं । दशैंको अवसर पारेर म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान खोल्दा उपभोक्ताले यामाहा मोटरसाइकल, स्कुटरदेखि प्रोटोन कारसम्म जित्ने अवसर पाउनेछन्।

ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले अभियानको औपचारिक घोषणा गरेको हो। कम्पनीका अनुसार अभियानअन्तर्गत देशभर विशेष पुरस्कारयुक्त क्यान वितरण गरिनेछ।

अभियोजनअन्तर्गत १८ जना भाग्यशाली उपभोक्ताले यामाहा एफजेड एफआई मोटरसाइकल तथा थप १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्नेछन्। त्यस्तै, अभियानको बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली विजेताले प्रोटोन कार प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार विशेष पुरस्कारयुक्त क्यान प्राप्त गर्ने उपभोक्ता नै अभियानका विजेता बन्नेछन्। त्यसका लागि देशभर पुरस्कारयुक्त क्यान वितरण गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ।

म्याक्स टाइगरले दशैंको उत्साहसँगै उपभोक्तालाई थप रोमाञ्चक अनुभव प्रदान गर्ने उद्देश्यले अभियान ल्याएको जनाएको छ। उत्पादनसँगै आकर्षक पुरस्कार जित्ने अवसरमार्फत उपभोक्तासँगको सम्बन्ध थप सुदृढ गर्ने कम्पनीको भनाइ छ।

दशैं नेपालीहरूको प्रमुख चाड भएकाले यस अवसरमा हुने किनमेल, भेटघाट र उत्सवको माहोललाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ। देशभर उपलब्ध हुने विशेष क्यानमार्फत उपभोक्ताले म्याक्स टाइगरको स्वाद र ऊर्जासँगै पुरस्कार जित्ने सम्भावना पनि पाउनेछन्।

कम्पनीले ‘दशैं धमाका २०२६’ लाई देशव्यापी रूपमा अघि बढाउँदै उपभोक्तालाई अभियानमा सहभागी गराउने जनाएको छ।

 

तपाईको प्रतिक्रिया