मंगलबार २० असोज २०८३
राजनीति

झलनाथले छोडे नेकपा, घोषणा गरे समाजवादी जागरण अभियान

सोमबार असोज १९, २०८३/ Monday 10-05-26

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ राजनीतिक अभियानको घोषणा गरेका छन्। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत खनालले नेकपा परित्याग गरेको घोषणा गर्दै ‘समाजवादी जागरण अभियान’ अघि बढाउने बताएका हुन्।

खनालको नेतृत्वमा सुरु गरिएको अभियानको पहिलो भेलाले विभिन्न १५ वटा प्रस्ताव पारित गरेको छ। अभियानले राष्ट्रिय राजनीतिक तथा सामाजिक विषयसँगै कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्संरचनालाई समेत प्राथमिकतामा राखेको छ।

भेलाबाट पारित प्रस्तावमा विपद् जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय नीतिहरूको पुनरावलोकन गर्नुपर्ने विषयलाई समेत समेटिएको छ।

यस्तै, कम्युनिस्ट आन्दोलनलाई नयाँ वैचारिक आधारसहित पुनर्गठन गर्ने विषय पनि अभियानका प्रस्तावमा समावेश गरिएको छ। अभियानमार्फत समाजवादी राजनीतिक धारलाई थप संगठित र प्रभावकारी बनाउने लक्ष्य लिइएको जनाइएको छ।

यस्ता छन् प्रस्तावहरू 

तपाईको प्रतिक्रिया