राजनीति
कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?
सोमबार असोज १९, २०८३/ Monday 10-05-26
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीका पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलनमार्फत पदाधिकारीको संख्या थपिएको जानकारी दिएका हुन्।
केन्द्रीय कार्यसमितिको बैठकबाट पदाधिकारी संख्या बढाउने निर्णय भएको जानकारी दिँदै चालिसेले यो निर्णयलाई नेताहरूको व्यवस्थापनका लागि मात्रै गरिएको रूपमा नबुझ्न आग्रह गरे।
पत्रकारहरूले नेता व्यवस्थापनका लागि पदाधिकारीको संख्या बढाइएको हो कि भन्ने प्रश्न गरेपछि उनले पार्टीको कार्यक्षेत्र विस्तारका क्रममा पदाधिकारी संख्या थपिएको स्पष्ट पारे।
‘संख्या थपिएकोलाई नेता उत्पादनका रूपमा बुझ्नु हुँदैन,’ चालिसेले भने, ‘यसलाई कार्यक्षेत्र विस्तार भएको रूपमा बुझ्नुपर्ने हुन्छ।’
तपाईको प्रतिक्रिया