समाज
माटोको ढिस्कोले पुरिँदा बागलुङमा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार असोज १९, २०८३/ Monday 10-05-26
बागलुङ। बागलुङको निसीखोला गाउँपालिकामा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खसेर पुरिँदा दुईजना मजदुरको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडक स्तरोन्नतिको क्रममा आइतबार बिहान माटोको ढिस्को खसेर तीनजना मजदुर पुरिएका थिए।
प्रहरीका अनुसार घटनामा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको छ।
लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेपछि उनीहरू पुरिएका थिए।
घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उनलाई उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया