मंगलबार २० असोज २०८३
बिजनेस

सुनको भाउ घट्यो, चाँदी महँगियो

सोमबार असोज १९, २०८३/ Monday 10-05-26

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने आज प्रतितोला ४० रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर ४ हजार ४ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ। 

 

तपाईको प्रतिक्रिया