काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टारअन्तर्गत नेपाल र भारत ‘ए’ बीच जारी खेलमा भारतले नेपालसामु ३ सय ३३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
कतारको दोहामा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालविरुद्ध भारत ‘ए’ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३२ रन बनाएको हो ।
भारतका दुई ब्याटरले शतकीय पारी खेलेपछि नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको हो । भारतका कुमार कुशाग्र र तिलक वर्माले शतक प्रहार गरे ।
कुशाग्रले १ सय २ बलमा १० चौका र ५ छक्काको मद्दतमा १ सय १७ रन बनाए । त्यस्तै, तिलक वर्माले १ सय १३ बलमा ६ चौका र ४ छक्कासहित १ सय ७ रन जोडे ।
यसैगरी सूर्यांश सेगडेले आक्रामक ब्याटिङ गर्दै १४ बलमा ३६ रन बनाए भने ओपनर वैभव सूर्यवंशीले ३२ बलमा २६ रनको योगदान दिए ।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछाने र ललित राजवंशीले समान ३–३ विकेट लिए । नन्दन यादवले २ तथा पवन सर्राफले १ विकेट हात पारे ।
अब नेपालले जितका लागि ३ सय ३३ रन बनाउनुपर्नेछ।
तपाईको प्रतिक्रिया