शनिबार ५ मङ्सिर २०८३
समाज

न्यायाधीशका अंगरक्षक प्रहरी हवल्दारले आफैँलाई गोली हान्दा मृत्य

शुक्रबार मङ्सिर ४, २०८३/ Friday 11-20-26

काठमाडौं । काठमाडौंको टोखामा एक प्रहरी हवल्दारले आफैँलाई गोली प्रहार गर्दा मृत्यु भएको छ। मृत्यु हुनेमा प्रहरी हवल्दार डोलनाथ ढकाल रहेका छन्।

प्रहरीका अनुसार ढकालले बिहीबार राति टोखास्थित आफ्नै कोठामा आफैँमाथि गोली प्रहार गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

ढकाल उच्च अदालत पाटनका एक न्यायाधीशका अंगरक्षकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

तपाईको प्रतिक्रिया