काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक २०.४८ अंकले घटेर २,५६६.७६ विन्दुमा झरेको हो।
बजार परिसूचक घटेसँगै कारोबार रकममा पनि कमी आएको छ। सोमबार कुल ३ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बजारमा अधिकांश कम्पनीको सेयरमूल्य घटेको छ। सोमबार २४२ कम्पनीको मूल्यमा गिरावट आउँदा ३२ कम्पनीका सेयरमूल्य भने बढेका छन्। बढ्ने समूहमा म्युचुअल फन्ड र व्यापार समूहका कम्पनीहरू रहेका छन् भने लगानी तथा वित्त समूहका कम्पनीहरूमा बढी दबाब देखिएको छ।
कारोबार रकमका आधारमा सोमबार घलेम्दी हाइड्रोपावर अगाडि रहेको छ। कम्पनीको करिब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
नेप्सेमा आएको गिरावटसँगै लगानीकर्ताको कुल सम्पत्तिको मूल्य पनि घटेको छ। सोमबार बजार पुँजीकरण घटेर ४४ खर्ब १५ अर्ब रुपैयाँमा सीमित भएको छ।
तपाईको प्रतिक्रिया