मंगलबार २० असोज २०८३
राजनीति

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

सोमबार असोज १९, २०८३/ Monday 10-05-26

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको बैठकमा सहभागी हुन भारत जाने भएका छन्।

गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङ आगामी असोज २६ गते अर्थात् अक्टोबर १२ मा भारत प्रस्थान गर्ने तयारीमा छन्। बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत हुने बैठकमा उनी सहभागी हुनेछन्।

बैठकमा बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको सहभागिता रहनेछ। नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ।

बैठकमा सदस्य राष्ट्रबीचको क्षेत्रीय सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने बताइएको छ।

तपाईको प्रतिक्रिया