बुधबार २१ असोज २०८३
समाज

कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार ११४ प्रतिनिधिले मतदान गर्ने

मंगलबार असोज २०, २०८३/ Tuesday 10-06-26

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएसँगै केन्द्रीय निर्वाचन समितिले पहिलो चरणको मतदाता नामावली सार्वजनिक गरेको छ।

काठमाडौंको खुलामञ्चमा जारी महाधिवेशनमा कुल ७ हजार ११४ जना प्रतिनिधि मतदाताका रूपमा सहभागी हुने भएका छन्। महाधिवेशनको उद्घाटन असोज १८ गते गरिएको थियो भने हाल बन्दसत्र चलिरहेको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार सार्वजनिक गरिएको नामावली प्रारम्भिक हो। नामावलीमा कुनै प्रतिनिधिको नाम छुटेको भए अन्तिम मतदाता नामावली प्रकाशनका क्रममा समावेश गरिने समितिले जनाएको छ।

त्यस्तै, प्रकाशित मतदाता नामावलीमा कसैको दाबी वा विरोध भएमा आवश्यक प्रमाणसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा निवेदन दर्ता गराउन समितिले आग्रह गरेको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाइएको हो। 

 

तपाईको प्रतिक्रिया