बुधबार २१ असोज २०८३
राजनीति

कांग्रेस महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी दर्ता

मंगलबार असोज २०, २०८३/ Tuesday 10-06-26

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

महरले मंगलबार राष्ट्रिय सभागृह पुगेर महामन्त्री पदमा आफ्नो मनोनयन दर्ता गराएका हुन्। उनले महामन्त्रीका लागि उम्मेदवारी दिने तयारी आफूले करिब तीन वर्षअघि नै सुरु गरेको बताए।

कुनै समूह वा गुटको आग्रहमा नभई आफ्नै राजनीतिक सोच, योजना र निर्णयका आधारमा उम्मेदवारी दिएको महरको भनाइ छ।

पार्टीभित्र रहेका विभिन्न धार र समूहबीचको विभाजन अन्त्य गर्दै सबैलाई एकताबद्ध बनाउने आफ्नो प्राथमिकता रहेको उनले बताए। कांग्रेसलाई थप संगठित, बलियो र प्रभावकारी पार्टीका रूपमा अघि बढाउनु आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य रहेको महरले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया