समाज
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चबाट खारेज
मंगलबार असोज २०, २०८३/ Tuesday 10-06-26
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार रिट खारेज गर्ने फैसला सुनाएको हो।
प्रसाईंकी श्रीमती उमा प्रसाईंले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटीसहितलाई विपक्षी बनाएर असोज १३ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। रिटमाथि दुवै पक्षको सुनुवाइपछि इजलासले खारेज गर्ने निर्णय गरेको हो।
यद्यपि, रिट खारेज गर्नुको आधार र कारण खुलाइएको लिखित आदेश भने सार्वजनिक हुन बाँकी छ।
यसैबीच, काठमाडौं जिल्ला अदालतले पनि मंगलबार नै विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा चलाइएका प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
तपाईको प्रतिक्रिया