राजनीति
कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय दुई घण्टा थपियो
मंगलबार असोज २०, २०८३/ Tuesday 10-06-26
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय थप गरिएको छ।
केन्द्रीय निर्वाचन समितिले मंगलबार सूचना जारी गर्दै मनोनयन दर्ताका लागि तोकिएको समय दुई घण्टा बढाएको हो। यसअघि दिउँसो ४ बजेसम्म निर्धारण गरिएको समय अब साँझ ६ बजेसम्म कायम गरिएको समितिले जनाएको छ।
समितिले तोकिएको थप समयभित्र केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दिन इच्छुक महाधिवेशन प्रतिनिधिलाई मनोनयनपत्र दर्ता गराउन आग्रह गरेको छ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आइतबारदेखि काठमाडौंमा जारी छ। महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको छ।
तपाईको प्रतिक्रिया