बुधबार २१ असोज २०८३
राजनीति

कांग्रेस उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

मंगलबार असोज २०, २०८३/ Tuesday 10-06-26

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्।

भुसालले मंगलबार महाधिवेशनअन्तर्गत महिला उपसभापति पदमा आफ्नो मनोनयनपत्र दर्ता गराएकी हुन्।

कांग्रेसको संशोधित विधानले उपसभापतिका चार पदमध्ये एउटा पद महिलाका लागि आरक्षित गरेको छ। सोही व्यवस्थाअनुसार भुसालले महिला उपसभापतिमा उम्मेदवारी दिएकी हुन्।

यसअघि विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भुसालले १५औँ महाधिवेशनमार्फत पनि सोही जिम्मेवारीलाई निरन्तरता दिन उम्मेदवारी दिएको बताइएको छ।

तपाईको प्रतिक्रिया