राजनीति
कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता
मंगलबार असोज २०, २०८३/ Tuesday 10-06-26
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा पुनः महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार भइरहेको नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रियाअन्तर्गत पौडेलले महामन्त्री पदमा आफ्नो मनोनयनपत्र दर्ता गराएका हुन्।
पौडेल गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पहिलोपटक कांग्रेस महामन्त्री बनेका थिए। त्यसअघि १४औँ महाधिवेशनमा पनि उनले महामन्त्री पदमा प्रतिस्पर्धा गरेका थिए। तत्कालीन सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार बनेका पौडेल उक्त निर्वाचनमा भने पराजित भएका थिए।
विशेष महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी सम्हालेका पौडेलले १५औँ महाधिवेशनमा पनि सोही पदलाई निरन्तरता दिन उम्मेदवारी दिएका हुन्। उनको उम्मेदवारीसँगै पौडेल फेरि महामन्त्री पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
तपाईको प्रतिक्रिया