काठमाडौं । न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उच्च अदालतका चार न्यायाधीशको नाम सिफारिस गरेको छ।
परिषद्का एक सदस्यका अनुसार सिफारिसमा परेकामध्ये उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दबाहेक अन्य सबै उच्च अदालतका मुख्य न्यायाधीश रहेका छन्।
सर्वोच्च अदालतका लागि सिफारिस हुने न्यायाधीशमा चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्। परिषद्ले उनीहरूको नाम नियुक्तिका लागि अघि बढाएको हो।
तपाईको प्रतिक्रिया