आइतबार ६ मङ्सिर २०८३
खेलकुद

एनपीएल फाइनल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

शनिबार मङ्सिर ५, २०८३/ Saturday 11-21-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको हो।

लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा ३ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले ३१ बलमा ३० रन जोड्दा निरोशन डिकवेलाले १७ बलमा २८ रन बनाए।

त्यस्तै, डार्सी सर्टले १८ बलमा २१, अली शेखले १२ बलमा अविजित २४ रनको योगदान दिए। सन्दीप जोराले ४ रन बनाए।

सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए। हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट हात पारे।

अब उपाधि जित्न सुदूरपश्चिम रोयल्सले १५६ रन बनाउनुपर्नेछ। 

 

तपाईको प्रतिक्रिया