आइतबार ६ मङ्सिर २०८३
समाज

नागढुंगा–मुग्लिन सडक आज देखि दैनिक पाँच घण्टा बन्द हुने

शनिबार मङ्सिर ५, २०८३/ Saturday 11-21-26

काठमाडौं।  नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने जनाएको हो।

प्रशासनका अनुसार सडकखण्डको घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि सडक बन्द गर्ने निर्णय गरिएको हो।

२०८३ मंसिर ५ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा सडक बन्द गरेर जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम गरिने सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ।

 

 

तपाईको प्रतिक्रिया