खेलकुद
फाइनलमा सुदूरपश्चिमको दबाब, लुम्बिनीका दुई ब्याटर आउट
शनिबार मङ्सिर ५, २०८३/ Saturday 11-21-26
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले मध्यम सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ६.२ ओभरको खेल सकिँदा २ विकेट गुमाएर ४४ रन बनाएको छ।
लुम्बिनीका डार्सी सर्टले १८ बलमा २१ रन बनाएर आउट भए। आसिफ शेख ४ बलमा १ रन बनाउँदै पेभेलियन फर्किए।
हाल कप्तान रोहित पौडेल १४ बलमा १३ रन र निरोशन डिकवेला २ बलमा ७ रन बनाएर क्रिजमा छन्।
सुदूरपश्चिमका स्कट कुग्लाइन र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिएका छन्।
उपाधिका लागि दुवै टोलीबीच प्रतिस्पर्धा भइरहेको छ।
तपाईको प्रतिक्रिया