मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
धनुषा । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार दिउँसो ४ बजेसम्मको समय दिइएको थियो ।
तर, तोकिएको समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस नगरेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।
मुख्यमन्त्रीमा नियुक्त भएसँगै यादवको नेतृत्वमा मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । अब उनले संविधानले तोकेको समयसीमाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।
तपाईको प्रतिक्रिया