शुक्रबार २३ असोज २०८३
राजनीति

विद्यादेवी भण्डारीले लिइन् एमाले वरिष्ठ नेताको शपथ

बिहीबार असोज २२, २०८३/ Thursday 10-08-26

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा नियुक्त भएकी छन्। एमालेको स्थायी कमिटी बैठकका क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ ग्रहणसँगै भण्डारीको एमालेको सक्रिय राजनीतिमा औपचारिक पुनरागमन भएको छ। राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहेकी उनी कार्यकाल पूरा भएपछि पुनः पार्टी राजनीतिमा फर्किने वा नफर्किने विषयमा लामो समयदेखि चर्चा हुँदै आएको थियो।

पार्टीको उच्च तहमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएसँगै भण्डारी एमालेको संगठनात्मक तथा राजनीतिक गतिविधिमा प्रत्यक्ष रूपमा संलग्न हुने भएकी छन्।

भण्डारीको पुनरागमनलाई एमालेभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक दिशाका दृष्टिले समेत महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। अध्यक्ष ओलीबाट शपथ ग्रहण गराइएसँगै उनको नयाँ राजनीतिक भूमिकाले औपचारिकता पाएको हो।

तपाईको प्रतिक्रिया