शुक्रबार २३ असोज २०८३
राजनीति

कांग्रेस महाधिवेशन : आज मतदान नहुने

बिहीबार असोज २२, २०८३/ Thursday 10-08-26

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान अन्ततः स्थगित भएको छ।

बिहान १० बजेका लागि तोकिएको मतदान समय पटक–पटक सारिएको थियो। तीनपटक समय परिवर्तन गर्दै दिउँसो २ः३० बजेसम्म पुर्‍याइए पनि सो समयमा समेत मतदान सुरु हुन सकेन। त्यसपछि केन्द्रीय निर्वाचन समितिले बिहीबारका लागि अर्को समय तोकेन।

मतदान प्रक्रिया समयमै अघि बढ्न नसकेपछि निर्वाचन समितिले शुक्रबार नयाँ समय निर्धारण गरेको छ। समितिका अनुसार अब शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ।

निर्वाचन सामग्री प्रेसबाट समयमै प्राप्त हुन नसक्दा मतदान प्रक्रिया प्रभावित भएको निर्वाचन समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया