शुक्रबार २३ असोज २०८३
अर्थ

सेयर बजारमा सामान्य सुधार, नेप्से २.३१ अंकले बढ्यो

बिहीबार असोज २२, २०८३/ Thursday 10-08-26

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.३१ अंकले उकालो लाग्दै २,५७४.६५ विन्दुमा पुगेर बजार बन्द भएको हो।

बजारमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने करिब चार अर्ब रुपैयाँमा सीमित रह्यो। बिहीबार कुल ३ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर सबैभन्दा अगाडि रह्यो। कम्पनीको करिब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बिहीबार कारोबारमा आएका कम्पनीमध्ये १४० कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ कम्पनीको मूल्य घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

मूल्य बढ्ने कम्पनीतर्फ कुथेलीबुखरी हाइड्रोपावर सबैभन्दा अगाडि रह्यो। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ।

त्यसैगरी, मूल्य घट्ने कम्पनीमा आरबीबी म्युचुअल फन्ड अग्रस्थानमा रह्यो। यसको सेयर मूल्य ८.०७ प्रतिशतले घटेको छ।

तपाईको प्रतिक्रिया