मंगलबार ३ कार्तिक २०८३
समाज

आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा, भोलिदेखि सिधा यातायात सञ्चालन हुने

सोमबार कार्तिक २, २०८३/ Monday 10-19-26

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। निर्माण कार्य तीव्र गतिमा अघि बढेसँगै सोमबारदेखि सिधा यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार पुलको दुवैतर्फ जग निर्माण तथा अन्य संरचनागत काम सम्पन्न भइसकेको छ। प्राविधिक टोलीले बेलिब्रिज जडानको अन्तिम काम गरिरहेको र निर्माण सम्पन्न हुनासाथ सवारीसाधन सञ्चालनमा ल्याइनेछ।

गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाटस्थित पक्की पुलको गोरखातर्फको २२ मिटर भाग बगाएको थियो। पुलमा क्षति पुगेपछि गोरखा र धादिङबीचको सिधा सडक सम्पर्क अवरुद्ध भएको थियो।

दसैँको समयमा सर्वसाधारणको आवतजावत सहज बनाउन सरकारले पुल निर्माणलाई प्राथमिकता दिएको हो।

बेलिब्रिज सञ्चालनमा आएपछि दुई जिल्लाबीचको यातायात पुनः सहज हुने र चाडपर्वका बेला यात्रुले भोग्दै आएको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया