समाज
दसैं मनाएर काठमाडौं फर्किन थाले सर्वसाधारण, उपत्यकामा चहलपहल बढ्यो
शुक्रबार कार्तिक ६, २०८३/ Friday 10-23-26
काठमाडौं । बडादसैं मनाउन गाउँ गएकाहरू फर्किन थालेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ।
टीकाको अघिल्लो दिनदेखि सुनसानजस्तै बनेको उपत्यकामा शुक्रबार सवारीसाधन र सर्वसाधारणको आवागमन बढेको हो। आइतबारदेखि सरकारी तथा निजी कार्यालय खुल्ने भएपछि दसैं मनाउन बाहिर गएकाहरू काठमाडौं फर्किन थालेका छन्।
विजयादशमीको तेस्रो दिन पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी छ। यससँगै उपत्यकाका सडकमा सवारीसाधनको चाप बढेको छ भने दसैंका कारण बन्द रहेका पसल तथा व्यवसाय पनि क्रमशः खुल्न थालेका छन्।
तपाईको प्रतिक्रिया