बझाङ । बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५० वर्षीय जोशीको शुक्रबार खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार खर काट्ने क्रममा भीरबाट लडेका जोशी चट्टानमा बजारिएर गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते उनको उद्धारका लागि हेलिकोप्टर मगाइएको थियो। तर, हेलिकोप्टर पुग्नुअघि नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जोशी लगातार दुई कार्यकाल वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) र २०७९ सालको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
तपाईको प्रतिक्रिया