राजनीति
संघीय संसद्को बैठक तत्काल आह्वान गर्न विपक्षी दलहरूको माग
सोमबार कार्तिक १६, २०८३/ Monday 11-02-26
काठमाडौं । विपक्षी दलहरूले संघीय संसद्को बैठक यथाशीघ्र बोलाउन सरकारसँग माग गरेका छन् ।
सोमबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले संसद् बैठक तत्काल आह्वान गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकको निर्णयबारे नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले जानकारी दिएका हुन् ।
बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक बासना थापाको सहभागिता थियो ।
त्यसैगरी, नेकपा एमालेका तर्फबाट संसदीय दलका उपनेता पद्मा अर्याल तथा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल सहभागी भएका थिए ।
बैठकमा जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओली पनि उपस्थित थिए ।
तपाईको प्रतिक्रिया