खेलकुद
एनपीएल : सुदूरपश्चिमलाई चितवनले दियो १३० रनको लक्ष्य
सोमबार कार्तिक १६, २०८३/ Monday 11-02-26
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको हो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे । विवेक यादवले १७, डेविड मलानले १६, सिकन्दर राजाले १५ र अर्जुन साउदले १५ रन जोडे ।
सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए । हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान १ विकेट हात पारे ।
अब सुदूरपश्चिमले जितका लागि १३० रन बनाउनुपर्नेछ ।
तपाईको प्रतिक्रिया