मंगलबार १७ कार्तिक २०८३
खेलकुद

एनपीएल : चितवनलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम विजयी

सोमबार कार्तिक १६, २०८३/ Monday 11-02-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलनले सर्वाधिक ४३ रन बनाए । उनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गरे । शेरफेन रदरफोर्डले अविजित २१, आरिफ शेखले अविजित २०, इशान पाण्डेले २५ र विनोद भण्डारीले ११ रन जोडे ।

चितवनका रञ्जितकुमारले ३ विकेट लिए । रिजन ढकाल र मौसम ढकालले समान १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे । विवेक यादवले १७, डेविड मलानले १६, सिकन्दर राजाले १५ र अर्जुन साउदले १५ रन बनाए ।

सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान १ विकेट लिए।

जितसँगै सुदूरपश्चिमले एनपीएलमा महत्वपूर्ण अंक जोडेको छ।

 

तपाईको प्रतिक्रिया