मंगलबार १७ कार्तिक २०८३
खेलकुद

एनपीएलमा आज दुई खेल, विराटनगर र पोखरालाई जित्नैपर्ने दबाब

मंगलबार कार्तिक १७, २०८३/ Tuesday 11-03-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज मंगलबार पनि दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२ः३० बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा साँझ ५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।

तीन खेल खेलेको विराटनगरले एक खेलमा मात्र जित निकालेको छ। आज चौथो खेलमा मैदान उत्रिँदा विराटनगर दोस्रो जितको खोजीमा हुनेछ। यता जनकपुरले तीनमध्ये दुई खेल जितेको छ। जनकपुर आज लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ।

त्यस्तै, दुई खेल खेलेको लुम्बिनी लायन्स एक खेलमा विजयी भएको छ भने वर्षाका कारण अर्को खेलबाट अङ्क बाँडेको थियो। अपराजित रहेको लुम्बिनी आज आफ्नो लय कायम राख्न चाहन्छ।

दुई खेल खेलेर दुवैमा पराजित भएको पोखरा एभेन्जर्स भने आज पहिलो जित निकाल्ने दबाबमा हुनेछ।

सोमबार भएका खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई पराजित गरेको थियो भने सुदूरपश्चिम रोयल्सले चितवन राइनोजमाथि जित निकालेको थियो।

 

तपाईको प्रतिक्रिया