मंगलबार १७ कार्तिक २०८३
बिजनेस

सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटना, एक विदेशीको मृत्यु र एक घाइते

मंगलबार कार्तिक १७, २०८३/ Tuesday 11-03-26

काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको हो। घाइतेको अवस्थाबारे थप विवरण सार्वजनिक भएको छैन।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल र डाइनेस्टी एयरका हेलिकोप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएका हुन्।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा ठोक्किएको जानकारी आएको बताए। घटनाबारे थप विवरण संकलन भइरहेको उनले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया