समाज
फूल र माला बिक्रीका लागि महानगरले तोक्यो ठाउँ, प्लाष्टिकका फूल बेच्न नपाइने
मंगलबार कार्तिक १७, २०८३/ Tuesday 11-03-26
काठमाडौं। तिहारलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले फूल तथा माला बिक्री वितरणका लागि निश्चित स्थान तोकेको छ।
महानगरपालिकाले दीपावलीका अवसरमा स्वदेशी फूल तथा मालाको बिक्रीलाई प्राथमिकता दिन आग्रह गर्दै महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण नगर्न अनुरोध गरेको छ।
महानगरपालिकाले व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई स्वदेशी उत्पादनको प्रयोग र बिक्री प्रवर्द्धन गर्न आग्रह गरेको हो।
महानगरको सूचनाअनुसार प्रतिबन्धको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर नपुगेका फूल, माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिनेछ।
तिहारका लागि फूल तथा माला बिक्री गर्न महानगरले तोकेका स्थानमा व्यवसायीहरूले बिक्री वितरण गर्नुपर्नेछ।
तपाईको प्रतिक्रिया