शनिबार २१ कार्तिक २०८३
खेलकुद

चितवन राइनोजको शानदार जित, पोखरा एभेन्जर्स ३० रनले पराजित

शुक्रबार कार्तिक २०, २०८३/ Friday 11-06-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दिनरात्रि खेलमा चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमा समेटियो ।

पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए । युभराज समराले १९, किरण ठगुन्नाले १३ र अर्जुन घर्तीले १२ रन जोडे । पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

चितवनका बलर रिजन ढकालले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए । कमल ऐरीले ३ तथा दान माउज्ली, मौसुम ढकाल र कुशल मल्लले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

चितवनका लागि सिकन्दर राजाले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ३७ रन बनाए । रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डेभिड मलानले २८ रनको योगदान दिए ।

पोखराका विपिन खत्री, कुशल भुर्तेल र चमिका करुणारत्नेले समान २ विकेट लिए ।

खेलमा उत्कृष्ट बलिङ गरेका चितवनका रिजन ढकाल प्लेयर अफ द म्याच घोषित भए ।

 

तपाईको प्रतिक्रिया