शनिबार २१ कार्तिक २०८३
खेलकुद

डेभिड वार्नरको अर्धशतकमा काठमाडौंको उत्कृष्ट ब्याटिङ

शनिबार कार्तिक २१, २०८३/ Saturday 11-07-26

 

काठमाडौं।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको एक मात्र खेलमा लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेपछि काठमाडौंले ब्याटिङ गरिरहेको छ।

काठमाडौंका ओपनर डेभिड वार्नरले आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन्। उनले खेलको ९.५ ओभरमा चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन्।

दुवै टोली आजको खेल जित्दै अंकतालिकामा आफ्नो स्थिति थप बलियो बनाउने लक्ष्यमा छन्।

हालसम्म चार खेल खेलेको लुम्बिनी तीन जित र एक खेलमा अंक बाँड्दै ७ अंकसहित तालिकाको शीर्षस्थानमा छ। यस्तै, तीन खेलबाट दुई जित र एक हार बेहोरेको काठमाडौं ४ अंकसहित चौथो स्थानमा रहेको छ।

एनपीएलका अघिल्ला संस्करणमा यी दुई टोलीबीच तीन पटक प्रतिस्पर्धा भएको छ। जसमा काठमाडौंले दुई खेल जित्दा लुम्बिनीले एक खेलमा जित निकालेको छ।

 

तपाईको प्रतिक्रिया