आइतबार २२ कार्तिक २०८३
समाज

जुम्लामा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते

आइतबार कार्तिक २२, २०८३/ Sunday 11-08-26

जुम्ला।  मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार साँझ कनकासुन्दरी गाउँपालिका–१ स्थित चौथामा क १ ज ००५४ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा रुकुम पूर्वको उत्तरगङ्गा गाउँपालिका–१ स्थायी घर भई हाल कनकासुन्दरी गाउँपालिकामा बस्दै आएका करिब ४२ वर्षीय सुरज पुन मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।

दुर्घटनामा घाइते भएका छ जनालाई गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ। उनीहरूको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाका बेला जीपमा १६ जना यात्रु सवार थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया