राजनीति
ओलीले भने : सार्वजनिक सम्पत्ति जलाउने र लुटपाटले विश्वमा नेपालीको बदनाम भयो
सोमबार कार्तिक २३, २०८३/ Monday 11-09-26
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक सम्पत्तिमा आगजनी र लुटपाटजस्ता गतिविधिले विश्वमा नेपालीको बदनाम भएको बताएका छन् ।
तिहार, नेपाल संवत् ११४७ र छठ पर्वको अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले झूट, हिंसा र विध्वंसको बाटो त्यागेर देशमा सामाजिक सद्भाव र शान्ति कायम गर्नुपर्ने बताए ।
उनले बुद्धको शान्तिको सन्देशलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिँदै घृणा फैलाउनुको सट्टा सांस्कृतिक र शैक्षिक माध्यमबाट समाजको सोच र व्यवहार सुधार्नुपर्ने बताए ।
नेपाली समाज श्रम र निर्माणमा विश्वास गर्ने समाज भएको उल्लेख गर्दै ओलीले मौलिक कला र संस्कृतिले सकारात्मक सोच, आचरण र सामाजिक सद्भाव विकास गर्ने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया