मंगलबार २४ कार्तिक २०८३
खेलकुद

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दै

मंगलबार कार्तिक २४, २०८३/ Tuesday 11-10-26

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

प्लेअफको सम्भावना बलियो बनाउन दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ। जनकपुरलाई प्लेअफ दौडमा कायम रहन जित आवश्यक छ भने सुदूरपश्चिम जित निकाल्दै आफ्नो स्थान थप सुरक्षित गर्न चाहन्छ।

जारी प्रतियोगितामा पाँच खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। समान पाँच खेल खेलेको जनकपुर ४ अंकसहित पाँचौँ स्थानमा रहेको छ।

यसअघिका एनपीएलका दुई संस्करणमा यी टोलीबीच भएका चार खेलमध्ये सुदूरपश्चिमले तीन र जनकपुरले एक खेल जितेका छन्।

 

तपाईको प्रतिक्रिया